श्रीनगर एग्रीटेकको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २९ गते
श्रीनगर एग्रीटेकको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
AdvertisementAds

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज (असोज २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले असोज २६ गतेदेखि सर्वसाधारणका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्काशन गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओको विक्री व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गरिरहेको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई लक्षित गरी आईपीओ बिक्री गरी बाँडफाँड सम्पन्न गरिसकेको छ।

सीडीएससीको तथ्यांकअनुसार मंगलबार बेलुकासम्म श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा १३ लाख १४ हजार १५३ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा १ अर्ब ४७ करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ८१ हजार ७०० कित्ताका लागि आवेदन दिएका हुन्।

यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ५.८८ गुणा बढी हो।

AdvertisementAds

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स