सानिमा क्यापिटलले वैशाख २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘सानिमा इक्विटी फण्ड २’ को इकाई खरिदका लागि आवेदन दिने आज (जेठ ४ गते) अन्तिम दिन रहेको छ । यसअघि जेठ ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको भए पनि मागभन्दा बढी आवेदन परेकाले निष्काशन अवधि अगावै बन्द गर्न लागिएको हो ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त १० वर्षे बन्दमुखी योजनामा प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई निष्काशन गरिएको छ, जसको कुल आकार एक अर्ब रुपैयाँ बराबर रहेको छ ।
निष्काशित कुल इकाईमध्ये १ करोड ३० लाख इकाई अर्थात् १३ प्रतिशत इकाई कोष प्रवर्द्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २० लाख इकाई अर्थात् २ प्रतिशत योजना व्यवस्थापक सानिमा क्यापिटललाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, मेरो सेयरमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी अनलाइन आवेदन पनि दिन सकिनेछ ।
उक्त फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।










![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)


![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)


![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया