राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गरेको ‘७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८’ ऋणपत्रमा आवेदन दिन आज (वैशाख १२ गते) अन्तिम दिन हो। यसअघि आवेदन कम परेको कारण वैशाख २१ गतेसम्म म्याद थप गर्ने भनिएको थियो। तर अपेक्षा अनुसारको आवेदन प्राप्त भएकाले बैंकले आजै निष्कासन बन्द गर्ने निर्णय गरेको छ।
बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट चैत १२ गते स्वीकृति प्राप्त गरी २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र प्रतिकित्ता रु १,००० का दरले निष्कासन गरेको हो। उक्त ऋणपत्रमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट, ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो।
सात वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रमा न्यूनतम २५ कित्ता तथा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले लिएको छ।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया