हिमालयन पावर पार्टनरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, मूल्य प्रतिकित्ता १०० रुपैयाँ

हिमालयन पावर पार्टनरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, मूल्य प्रतिकित्ता १०० रुपैयाँ

हिमालयन पावर पार्टनर लिमिटेडले लिलाम बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज (असार ४ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म निष्काशन गरेको हकप्रद सेयर बाँडफाँडपछि बिक्री हुन नसकेको ४ लाख ६८ हजार ७४० कित्ता सेयर लिलाममार्फत बिक्रीमा ल्याएको हो।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लिलाममा व्यक्ति, संस्था तथा कम्पनी सबैले आवेदन दिन सक्नेछन्। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० अंकले निःशेष भाग जाने वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीले जेठ २७ गतेदेखि लिलाम बिक्री खुला गरेको थियो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन बुझाइसक्नुपर्नेछ।

बोलपत्र फाराम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सालबाट प्राप्त तथा बुझाउन सकिनेछ। साथै ग्लोबल आइएमई बैंकका बिर्तामोड, विराटनगर (हनुमानदास रोड), जनकपुर, वीरगञ्ज (आदर्शनगर), हेटौंडा, नारायणगढ, पोखरा (न्यूरोड), बुटवल (मिलनचोक), बाग्लुङ, नेपालगञ्ज (त्रिभुवनचोक), सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट समेत फाराम प्राप्त तथा बुझाउन सकिने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स