टाइम म्यागेजिनले सार्वजनिक गर्‍यो २०२५ का उत्कृष्ट १०० तस्बिर, नेपालको सिंहदरबार आगलागी र सगरमाथा आरोहीको पनि समावेश

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ११ गते
टाइम म्यागेजिनले सार्वजनिक गर्‍यो २०२५ का उत्कृष्ट १०० तस्बिर, नेपालको सिंहदरबार आगलागी र सगरमाथा आरोहीको पनि समावेश

अमेरिकी अनलाइन पत्रिका टाइम डटकम ले सन् २०२५ का उत्कृष्ट १०० तस्बिर (TIME’s Top 100 Photos of 2025) सार्वजनिक गरेको छ। यस वर्षका सबैभन्दा प्रभावशाली तस्बिरहरूको सूचीमा नेपालमा खिचिएका दुई ऐतिहासिक तस्बिर पनि समावेश भएका छन्।

नेपालबाट चयन भएका ती तस्बिरमध्ये पहिलो, भदौ २५ गतेको सिंहदरबार आगलागीको दृश्य हो। जेन–जी आन्दोलनको भोलिपल्ट खिचिएको यो तस्बिरले देशको राजनीतिक तनाव र क्षणिक अराजकतालाई गहिरो रूपमा अभिव्यक्त गर्छ। दोस्रो तस्बिर सगरमाथा शिखरमा लाइन लागेर अघि बढिरहेका आरोहीहरूको दृश्य हो, जसले हिमाल आरोहणमा बढ्दो भीड, जोखिम र पर्यटनको बदलिँदो स्वरूपलाई स्पष्ट चित्रण गर्छ।

टाइमले सार्वजनिक गरेको १०० उत्कृष्ट तस्बिरहरूमा विश्वभरका गहिरा मानवीय, राजनीतिक र प्राविधिक कथाहरू समेटिएका छन्—जसमा दौड प्रारम्भ गर्न लागेका धावकको तनावपूर्ण अनुहारदेखि भूकम्पले ढालेको मुस्कुराइरहेको बुद्धमूर्ति, आप्रवासीको पीडादायक क्षण, रोबोटिक्स प्रगति, एयर इन्डियाको विमान दुर्घटनाको दृश्य, साथै अलास्कामा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको दुर्लभ भेटसम्म पर्छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स