अमेरिकामा टिकटक प्रतिबन्ध लगाइएको केही समयमै पुनः सञ्चालनमा आएको छ।
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटक एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो। तर, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध हटाउने आश्वासन दिएपछि टिकटकले फेरि आफ्नो सेवा सुचारु गरेको हो।
ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि कार्यकारी आदेशमार्फत एपलाई प्रतिबन्धबाट राहत दिने वचन दिएका थिए। उनले टिकटकलाई ९० दिनसम्म प्रतिबन्धबाट छुट दिने सम्भावना रहेको बताएका छन्।
यसअघि, अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला सुनाएको थियो। उक्त निर्णयपछि प्रतिबन्ध लागु हुनु केही घण्टाअघि टिकटकले आफ्नो सेवा बन्द गरेको थियो।
पछिल्लो समय, ट्रम्प पनि टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा रहेका थिए। तर, नयाँ कदमले टिकटकलाई अमेरिका भित्र पुनः सञ्चालनको अनुमति दिएको छ।
















प्रतिकृया