नेपाल धितोपत्र बोर्डमा एकैदिन ५ वटा कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति मागेका छन्। सोमबार (चैत १६ गते) बूढानीलकण्ठ हेरिटेज, सभापोखरी हाइड्रोपावर, इस्टर्न सहारा कम्पनी, नेसनल बायो टेक र पशुपति रिन्युएबल्सले आवेदन दिएका हुन्।
बूढानीलकण्ठ हेरिटेजले प्रतिकित्ता १०० रुपैयाँमा ४९ करोड ५० लाख रुपैयाँबराबरको ४९ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति मागेको छ, जसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
सभापोखरी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँमा १० करोड ७५ लाख रुपैयाँबराबरको १० लाख ७५ हजार कित्ता आईपीओ ल्याउन लागेको छ, जसको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
त्यसैगरी, इस्टर्न सहारा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा २७ करोड ५० लाख रुपैयाँबराबरको २७ लाख ५० हजार कित्ता आईपीओका लागि आवेदन दिएको छ, जसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो।
नेसनल बायो टेकले प्रतिकित्ता १०० रुपैयाँमा १० करोड रुपैयाँबराबरको १० लाख कित्ता आईपीओ ल्याउन अनुमति मागेको छ, जसको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।
यस्तै, पशुपति रिन्युएबल्सले प्रतिकित्ता १०० रुपैयाँमा १४ करोड ४० लाख रुपैयाँबराबरको १४ लाख ४० हजार कित्ता आईपीओ जारी गर्न आवेदन दिएको छ, जसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।
यी सबै कम्पनीहरूले धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया