नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटल, एनएरएन, र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।
सोल्टी होटलको ९२ लाख ९० हजार ८९९ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
त्यस्तै, एनएरएनले वितरण गरेको ५ प्रतिशत बोनस सेयर बराबरको ६ लाख ११ हजार ६०५.८५ कित्ता सेयर सूचीकृत गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।
साथै, मन्दाकिनी हाइड्रोपावरको ३ लाख ०७ हजार ९८४.३३ कित्ता सेयर सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।