देउवा विदेशबाट आउने बित्तिकै सरकार ढल्छ भनेर भन्नेहरु अहिले केही दिनपछि ढल्छ भन्न थालेका छन्: ओली
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरता कायम गर्नका लागि नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्य भएको बताएका छन्। आज मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै, उनले समयको माग र देशको आर्थिक संकटलाई मध्यनजर गर्दै यी दुई दल मिलेर सरकार गठन गरेको बताए।
ओलीले थपे, “देशमा स्थिरता नभएकाले र अर्थतन्त्र ओरालो लागेको हुँदा पुराना दुई दललाई मिल्नुपरेको हो।” उनले काँग्रेस सभापति शेर बहादुर देउवा विदेशबाट आउने बित्तिकै सरकार ढल्छ भनेर भन्नेहरु अहिले केही केही दिनपछि ढल्छ भन्न थालेको उल्लेख गरे।
यससँगै उनले आलोचनात्मक चेतको नाममा विरोध गर्ने परिपाटी हटाउनुपर्ने र पार्टीभित्र एकताको चेत आवश्यक रहेको जिकिर गरे। पार्टीभित्र आलोचनात्मक विचार राख्न सकिए पनि बाहिरको विरोध अस्वीकृत गर्नुपर्ने उनले जोड दिए।