यस्तो छ मन्त्रीहरूको वरीयता, को कति औं नम्बरमा ?

यस्तो छ मन्त्रीहरूको वरीयता, को कति औं नम्बरमा ?

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्।

राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, नेपालको संविधानको धारा ७६(९) बमोजिम १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गरिएको हो।

शुक्रबारै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा, प्रधानमन्त्री शाहले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन्। सोही अवसरमा नवनियुक्त अन्य मन्त्रीहरूले पनि शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार, प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैंसँग राखेका छन्।

मन्त्रिपरिषद्को वरीयता यसरी निर्धारण गरिएको छ:

दोस्रो वरीयता: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

तेस्रो वरीयता: गृह मन्त्री सुधन गुरुङ

चौथो: परराष्ट्रमन्त्री शिशिर खनाल

पाँचौँ: भौतिक पूर्वाधार तथा यातायात/शहरी विकास मन्त्री सुनिल लम्साल

छैटौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ

सातौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल

आठौँ: शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल

नवौँ: स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहता

दशौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना

एघारौँ: संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल

बाह्रौँ: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम

तेह्रौँ: कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरी

चौधौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह

पन्ध्रौँ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी

656009354 3243268389167468 750076722634904930 n 1 https://bajarkochirfar.com/this-is-the-ranking-of-ministers-who-is-in-what-number | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स