यी ८ वटा उत्पादन कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने, कुनले कति कित्ता ?

यी ८ वटा उत्पादन कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने, कुनले कति कित्ता ?
Advertisement Ads

उत्पादन तथा प्रशोधन समूहका ८ वटा ठूला कम्पनीले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति माग गरेका छन्। यी कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा कुल २७ अर्ब २९ करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्ने प्रस्तावसहित आवेदन दिएका हुन्।

आवेदन दिने कम्पनीहरूमा जगदम्बा स्टील्स लिमिटेड, हुलास इन्फ्रा लिमिटेड, शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड, अम्बे स्टील्स लिमिटेड, हुलास आइरन इन्डस्ट्रिज लिमिटेड र भगवती स्टील इन्डस्ट्रिज लिमिटेड रहेका छन्।

जगदम्बा स्टील्स लिमिटेडले २ करोड ७० हजार कित्ता सेयर ३३० रुपैयाँ प्रति कित्ताको दरमा निष्काशन गर्दै ६ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ रकम संकलन गर्ने योजना बनाएको छ।

हुलास इन्फ्रा लिमिटेडले ३५ लाख ४७ हजार १८८ कित्ता सेयर ३३३.५६ रुपैयाँ प्रति कित्तामा निष्काशन गर्दै १ अर्ब १८ करोड ३२ लाख २९ रुपैयाँ संकलन गर्ने योजना बनाएको छ।

शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले १ करोड ५९ लाख ८१ हजार ५०० कित्ता सेयर ३३३ रुपैयाँ प्रति कित्ताको दरमा निष्काशन गर्दै ५ अर्ब ३२ करोड १८ लाख ३९ हजार ५ सय रुपैयाँ उठाउने प्रस्ताव गरेको छ।

Advertisement Ads

मारुती सिमेन्ट्स लिमिटेडले १ करोड १६ लाख कित्ता सेयर ४२६ रुपैयाँ प्रति कित्ताको दरमा निष्काशन गर्दै ४ अर्ब ९४ करोड १६ लाख रुपैयाँ संकलन गर्ने योजना अघि सारेको छ।

रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले १ करोड २१ लाख ७१ हजार ५०० कित्ता सेयर २४६ रुपैयाँ प्रति कित्ताको दरमा निष्काशन गर्दै २ अर्ब ९९ करोड ४१ लाख ८९ रुपैयाँ उठाउने प्रस्ताव गरेको छ।

अम्बे स्टील्स लिमिटेडले १ करोड ११ लाख ९२ हजार ७२७ कित्ता सेयर ३०३ रुपैयाँ प्रति कित्ताको दरमा निष्काशन गर्दै ३ अर्ब ३९ करोड १३ लाख ९६ हजार २८१ रुपैयाँ संकलन गर्ने योजना बनाएको छ।

हुलास आइरन इन्डस्ट्रिज लिमिटेडले ९७ लाख ५० हजार कित्ता सेयर २५५ रुपैयाँ प्रति कित्तामा निष्काशन गर्दै २ अर्ब ४८ करोड ६२ लाख ५० रुपैयाँ उठाउने प्रस्ताव गरेको छ।

भगवती स्टील इन्डस्ट्रिज लिमिटेडले १५ लाख कित्ता सेयर २३३ रुपैयाँ प्रति कित्ताको दरमा निष्काशन गर्दै ३४ करोड ९५ लाख रुपैयाँ संकलन गर्ने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
bhojraj regmi
bhojraj regmi
3 months ago

सर्वसाधारणको रकम ठग्ने योजना हो,माफियाहरुले बिजुलीको पैसा तिरेको छ कि छैन,शेयर निष्काशनको अनुमति दिने निकायले ध्यान दिनुपर्ला कि।

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स