नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ, र तेजबहादुर गुरुङ अध्यक्ष पदका प्रमुख दाबेदार हुन्। एनओसीको आगामी चार वर्षे कार्यकालका लागि निर्वाचन शनिबार हुने तय भएको छ। १९ सदस्यीय कार्यसमितिका लागि सोमबार रातिसम्म कुल २३ जनाले मनोनयन दर्ता गराएका छन्।
यस पटक अध्यक्ष र उपाध्यक्ष पदबाहेक अन्य सबै पदमा निर्विरोध चयन हुने संभावना छ। ७ उपाध्यक्ष पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन्, जसमा दीपक हर्ष बज्राचार्य, ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्शेर राणा, दावा गुरूङ, अनिल प्रसाद शर्मा, तुल्सी थापा, अशोक रत्न बज्राचार्य, र चतुरानन्द राज वैद्य छन्। दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिने तयारी रहेकाले उपाध्यक्ष पद निर्विरोध हुने अपेक्षा गरिएको छ। उम्मेदवारी फिर्ताका लागि मंगलबार दिउँसो ३ बजेसम्म समय तोकिएको छ।
अन्य पदमा महासचिवका लागि नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ एक्लै उम्मेदवार छन्। कोषाध्यक्षमा टासी घले, सहायक महासचिवमा रामजी बहादुर श्रेष्ठ, र तीन सचिव पदका लागि रमेश प्रसाद शिवाकोटी, भीमसिंह गुरूङ, र रामकृष्ण श्रेष्ठले उम्मेदवारी दिएका छन्। पाँच सदस्य पदका लागि गीता राना, लाक्पा छिरिङ लामा, राम अवाले, मनिष जोशी, र जितेन्द्र बहादुर चन्द प्रतिस्पर्धामा छन्। यस पटक एनओसीले संरचनामा केही परिवर्तन गर्दै उपाध्यक्षको संख्या ५ बाट ७ पुर्याएको छ भने सदस्यको संख्या ७ बाट घटाएर ५ बनाइएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया