गभर्नर बिचौलियाले नियुक्त गर्ने चिन्ता छ: महामन्त्री थापा

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २४ गते
गभर्नर बिचौलियाले नियुक्त गर्ने चिन्ता छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री र सांसद गगन कुमार थापाले गभर्नर नियुक्तिमा बिचौलियाको प्रभावको चिन्ता व्यक्त गरेका छन्। शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा थापाले वर्तमान अवस्थामा राजनीतिक दलभन्दा बढी बिचौलियाले गभर्नर नियुक्ति प्रभावित पार्ने आशंका व्यक्त गरे।

‘अहिले गभर्नर नियुक्तिको चर्चा चलेको छ । भोलि–पर्सि नै नियुक्त पनि होला । तर राजनीतिक दलका नेताले भन्दा बिचौलियाले प्रभाव पार्लान् कि भन्ने चिन्ता छ,’ उनले भने, ‘पहिले–पहिले फलानो पार्टीले राम्रो क्याडिडेट ल्यायो भन्ने हुन्थ्यो, अहिले निश्चित घराना र प्रभावमा हुने चिन्ता छ । हामी ट्रान्सपरेन्ट नहुनुको नतिजा हो ।’

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स