बैंकिङ्ग क्षेत्रका चारै संघको एकै आवाज: अराजकता फैलाउनेलाई कडा कारवाही गरौँ

बैंकिङ्ग क्षेत्रका चारै संघको एकै आवाज: अराजकता फैलाउनेलाई कडा कारवाही गरौँ

नेपालका प्रमुख चार संघले बैंकिङ्ग क्षेत्रलाई खलबलाउनका लागि भइरहेका अराजक गतिविधिहरू र सामाजिक संजालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छन्। नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सरकारसँग माग गरेका छन्।

संघहरूले आम सर्वसाधारणलाई त्रसित पार्ने, समाजमा अराजकता फैलाउने, गलत अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्नबाट वञ्चित गराउने व्यक्तिहरूलाई कारवाही गर्न सरकारी निकायलाई आग्रह गरेका छन्। उनीहरूले स्पष्ट पारेका छन् कि, “यस संघहरूसँग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेका निक्षेपकर्ताहरूको रकम पूर्ण रूपमा सुरक्षित छन्।” नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ५ लाखसम्मको निक्षेपलाई नेपाल सरकारको ‘निक्षेप तथा कर्जा सुरक्षा कोष’मार्फत सुरक्षित गरिएको उल्लेख गरिएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ कि, नेपालका बैंक र वित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको कडा निगरानी र अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तहरूको पालनामा सुरक्षित रहेको छ। बैंकिङ्ग संस्थाहरू त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै पारदर्शिता र सुपरिवेक्षणीय दृष्टिकोणबाट उत्कृष्ट रहेका छन्। यी संस्थाहरू जोखिम बहन गर्ने क्षमता राख्दछन् र आजको दिनमा सुरक्षित रहेको उल्लेख गरिएको छ।

संघहरूले सामाजिक संजालमा फैलाइएका भ्रामक र गलत जानकारीप्रति ध्यान नदिने र केवल सम्बन्धित निकायबाट जारी आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आम जनतालाई आग्रह गरेका छन्। साथै, सरकारले गलत अभिव्यक्तिलाई कानूनी रूपमा दण्डित गर्न आग्रह गर्दै, बैंकिङ्ग क्षेत्रमा विश्वास कायम राख्न र सही सूचना पुर्याउन सञ्चार माध्यम र सबै सरोकारवालाहरूसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

4f037da2 d555 4e9e 970e 62673fd52aa9 https://bajarkochirfar.com/the-unified-voice-of-all-four-banking-associations-demanding-strict-action-against-those-spreading-chaos | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स