आज नेप्से परिसूचक ५.५७ अङ्कले घटेर २,६७०.७० मा बन्द भएको छ। १३ उपसमूह मध्ये ४ उपसमूह बाहेक सबै घटेको छ । आज ५ अर्ब ६३ करोड कारोबार भएको छ। यस दिन ३१७ कम्पनीका १ करोड १३ लाख सेयर कारोबार हुँदा एनएरएनको सर्वाधिक कारोबार भएको छ।
नेप्से ५.५७ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ५.५७ अङ्कले घट्दा ११३ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो इन्स्योरेन्स, मेन्छियाम हाइड्रोपावर र ङादी ग्रुप पावर रहेको छ।

नेप्से ५.५७ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ५.५७ अङ्कले घट्दा १३१ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश:बोटलर्स नेपाल, हिमालयन पावर पाटनर, सयपत्री हाइड्रोपावर,र नेपाल रि-पब्लिक मिडिया रहेको छ।


प्रतिकृया