पूर्व अर्थमन्त्री वर्षमान पुनले सेयर बजार जुवा जस्तै हो, पूँजी थुप्रिँदा उत्पादन र रोजगारी सिर्जना हुनसकेन: वर्षमान पुन बजार अनुत्पादक क्षेत्र भएको टिप्पणी गरेका छन्। बुधबार विराटनगरमा अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशद्वारा आयोजित अन्तर्क्रियामा उनले सेयर बजारलाई जुवासँग तुलना गरिँदै आएको र यो वास्तवमै अनुत्पादक क्षेत्र भएको स्पष्ट पारे।
पुनका अनुसार, नेपालमा सेयर बजार, घरजग्गा, र गरगहनामा पूँजी थुप्रिँदा उत्पादन र रोजगारी सिर्जना हुन नसकेको बताएका छन्। उनले पुँजीपतिहरूले केही लगानी गरेर सजिलो तरिकाले पैसा कमाउन सेयर बजार प्रयोग गरिरहेको आरोप लगाए।
उनले विगतमा बिचौलियाहरूले नीतिगत प्रभाव पारेर पैसा कमाउने प्रवृत्ति रहेको भन्दै अहिले तिनीहरू आफैं सत्तामा पुग्ने, सांसद, मन्त्री, र प्रधानमन्त्रीसम्म बन्ने अवस्था देखिएको बताए। नेपालमा जलविद्युतको लाइसेन्स बोकेर त्यही लाइसेन्स बेचेर पैसा कमाउनेहरू र सरकारको नीतिमा खेलेर अर्बौँ रुपैयाँ कमाउने उद्योगीहरू पनि देखिएको पुनले बताए।
















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया