कामपाले प्रदेश सरकारलाई राजस्व नपठाएको भन्ने प्रदेश मन्त्रीको अभिव्यक्ति तथ्यहीन हो: बालेन शाह



Advertisement
Ads

काठमाडौँ महानगरपालिकाले वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको हालैको अभिव्यक्तिलाई गैरजिम्मेवार र तथ्यहीन भन्दै आपत्ति जनाएको छ। आज जारी गरेको प्रेस विज्ञप्तिमा महानगरपालिकाले मन्त्री लामिछानेले विषयवस्तुको स्पष्ट जानकारी बिना दिएको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

माघ २ गते बागमती प्रदेश सरकारले स्थानीय तहका महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रममा काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजस्व बाँडफाँडको रकम नपठाएको भन्दै आलोचना गरेको थियो। यसबारे महानगरपालिकाले स्पष्ट गर्दै विज्ञप्तिमा भनेको छ:


Advertisement

“काठमाडौँ महानगरपालिकाले प्रदेश सरकारलाई राजस्व नबुझाएको भन्ने भनाइ पूर्ण रूपमा तथ्यहीन छ। यो अभिव्यक्ति विषयवस्तुको जानकारी बिना दिइएको गैरजिम्मेवार टिप्पणी हो।”

वागमती प्रदेश सरकारले जारी आर्थिक ऐन २०८१/८२ अनुसार चलचित्र घर, नाइट क्लब, क्यासिनो, फनपार्कजस्ता मनोरञ्जन स्थलमा कर निर्धारण गरिएको छ। ऐनले तोकेको दर विगतको भन्दा कम भएकाले महानगरपालिकाको आम्दानीमा कमी आएको महानगरले पहिले नै स्पष्ट गरिसकेको छ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा संकलित राजस्व विवरण पनि सार्वजनिक गरेको छ। साउनदेखि पुस मसान्तसम्म विज्ञापन कर र मनोरञ्जन कर वापत ३ करोड १३ लाख ९१ हजार ६४२ रुपैयाँ संकलन भएको र यसमध्ये ४० प्रतिशत अर्थात् १ करोड २५ लाख ५६ हजार ६५७ रुपैयाँ प्रदेश सरकारलाई पठाउने निर्णय भइसकेको महानगरले जनाएको छ।

विज्ञप्तिमा संविधानले तीनै तहका सरकारलाई सहकारिता, सहअस्तित्व, र समन्वयको सिद्धान्तमा शासन सञ्चालन गर्न मार्गनिर्देश गरेको तथ्य स्मरण गराइएको छ।
महानगरपालिकाले थप स्पष्ट गर्दै भनेको छ:

“तहगत संरचनाले समस्या समाधानमा समन्वयकारी भूमिका खेल्नुपर्नेमा, महानगरको अधिकारिक धारणा अवमूल्यन गर्दै लाञ्छनायुक्त अभिव्यक्ति दिनु मन्त्रीज्यूको गैरजिम्मेवारी हो।”

newskarkahna news803821 https://bajarkochirfar.com/the-provincial-ministers-statement-that-kmc-has-not-sent-revenue-to-the-provincial-government-is-baseless-balen-shah | %tags

newskarkahna news803820 https://bajarkochirfar.com/the-provincial-ministers-statement-that-kmc-has-not-sent-revenue-to-the-provincial-government-is-baseless-balen-shah | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर