एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि

बिहीबारको तुलनामा आज प्रतितोला सुन रु  ९ हजार २०० र चाँदी रु ३२० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३ लाख १ हजार ४०० त्यति नै चाँदीको मोल रु ६ हजार १९० कायम भएको छ ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु २ लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु ५ हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु २ लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु ५ हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु २ लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु २ लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु ५ हजार ८१० मा खरिदबिक्री  भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स