दिनदिनै बढ्दै सुनको भाउ, आज कति पुग्यो?
नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको १ लाख ९३ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य भने प्रति तोला २ हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।