शुक्रबार सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
पाली बजारमा आज सुनको मूल्य बढ्दा र चाँदीको भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला ७ सय रुपैयाँले बढेर तोलाको १ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको १ लाख ८७ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर अहिले प्रति तोला १,९८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।