सुनको मूल्य एकैदिन २२ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेर तोलाको १ लाख ६६ हजार ९ सय रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ६४ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर तोलाको १ हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ।