आज सुनको मूल्य १६ सयले बढ्यो, तोलाको कति पुग्यो ?
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १ हजार ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको १ लाख ९१ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रति तोला २ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।