आज सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २८ गते
आज सुनको मूल्य १३ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?
AdvertisementAds

आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, यो दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो।

यसअनुसार, छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन, अर्थात् मंगलबारको तुलनामा वृद्धि हो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार रुपैयाँ थियो।

यता चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा स्थिर रहेको छ। मंगलबारको मूल्यलाई आधार मानेर चाँदी कारोबार भइरहेकाले, यसको मूल्य प्रतितोला दुई हजार १६५ रुपैयाँमै कायम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स