आज पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा आज सुनको मूल्यमा मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर एक लाख ९१ हजार ६०० रुपैयाँमा पुगेको छ।
हिजो सुनको मूल्य तोलाको १ लाख ८९ हजार ९ सय रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य भने प्रतितोला एक हजार ९६५ रुपैयाँमा कायम भएको छ।