आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?
आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन यसको मूल्य १ लाख ९५ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि ५० रुपैयाँको गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला २ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १५० रुपैयाँमा झरेको छ।