नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा वृद्धि गरेको छ। सङ्घको शनिबार बसेको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नयाँ निर्णय अनुसार, ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटा अण्डा) ४३० रुपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डाको मूल्य ३५० रुपैयाँमा झरेको थियो। मध्यम अण्डाको मूल्य ३८० रुपैयाँ तोकिएको छ भने ‘एक्सएल’ (XL) अण्डाको मूल्य ४५० रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, फार्मस्तरमा प्रतिपेटी (सात क्रेट) मूल्य पनि संशोधन गरिएको छ। नयाँ दरअनुसार, एक्सएल अण्डाको फार्म मूल्य ३१४० रुपैयाँ, ठूलो अण्डाको ३००० रुपैयाँ र मध्यम अण्डाको २६५० रुपैयाँ तोकिएको छ।
सङ्घले पछिल्लो समय उत्पादन लागतमा आएको वृद्धिलाई ध्यानमा राख्दै मूल्य समायोजन गर्नुपरेको जनाएको छ।















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)



प्रतिकृया