दक्षिण कोरियामा सैनिकशासन लागु गरेका राष्ट्रपतिले भने महाभियोग लगाइयोस् तर राजीनामा दिन्न

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २७ गते
दक्षिण कोरियामा सैनिकशासन लागु गरेका राष्ट्रपतिले भने महाभियोग लगाइयोस् तर राजीनामा दिन्न

दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले आफूले कानुनअनुसार ‘मार्सल ल’ लागू गरेको बताउँदै आफ्नाे निर्णयको बचाउ गरेका छन्। बिहीबार टेलिभिजन सम्बोधनमार्फत उनले आफूले राजीनामा नदिने र अन्तिमसम्म महाभियोगविरुद्ध लड्ने बताएका छन् । लोकतन्त्रको अन्त्य हुन नदिन र संसद्‌मा प्रतिपक्षको अधिनायकवादको विरोध गर्न मार्सल ल लगाउने निर्णय गरेको उनको भनाइ छ ।‘ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस् । म निष्पक्षरूपमा सामना गर्नेछु । अन्तिम सम्म लडिरहनेछु,’उनले भनेका छन् ।

गत हप्ता मंगलबार साँझ उनले देशमा अचानक ‘मार्सल ल’ लागू गरेको घोषणा गरेका थिए। तर चर्को विरोधका कारण त्यसको ६ घण्टाभित्रै निर्णय फिर्ता लिन बाध्य भएका थिए। यो घटनापछि देशभर उनको व्यापक आलोचना भइरहेको छ भने उनलाई महाभियोग लगाउनुपर्ने आवाज पनि उठिरहेको छ।जसका कारण दक्षिण कोरियामा उनको व्यापक विरोध र अनुसन्धान भइरहेको छ। यसैबीच, बुधबार प्रहरीले राष्ट्रपतिको कार्यालय र प्रहरी प्रधान कार्यालयमा छापा मारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स