सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी, किन गरेका थिए चक्कु प्रहार ?

सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्यक्ति बंगलादेशी, किन गरेका थिए चक्कु प्रहार ?

मुम्बई प्रहरीले अभिनेता सैफ अली खानमाथि चक्कु प्रहारको घटनामा पक्राउ परेका व्यक्तिलाई बंगलादेशी नागरिक भएको आशंका गरेको छ। आइतबार बिहान पत्रकार सम्मेलनमा प्रहरीले आरोपीसँग भारतीय कागजात नभएको जनाएको छ।

प्रहरीका अनुसार चोरीको उद्देश्यले घरभित्र पसेका ३० वर्षीय मोहम्मद शरीफुल इस्लाम शाहजाद पक्राउ परेका छन्। डीसीपी दीक्षित गेडामले भने, “आरोपीले प्रारम्भमा आफ्नो नाम विजय दास बताएको थियो। बंगलादेशी मूलको आशंकामा राहदानी ऐनका धाराहरू थपिएका छन्।”

घटना बिहीबार बिहान सैफको बान्द्रास्थित घरमा भएको हो। अभियुक्तले आगलागीका लागि प्रयोग हुने भवनका सिँढीमार्फत घरमा प्रवेश गरेका थिए। प्रहरीले आरोपीलाई अदालतमा पेश गरी हिरासतको माग गर्दै थप अनुसन्धान जारी राखेको छ। सैफलाई उपचारका लागि लिलावती अस्पतालमा भर्ना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स