स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्ड गएका कांग्रेस सभापति शेर बहादुर देउवा आज नेपाल फर्किंदै छन्। देउवा निकट स्रोतका अनुसार सभापति देउवा, परराष्ट्र मन्त्री आरजु राणा र परीवारका अन्य सदस्यहरु आज दिउँसो काठमाण्डौ फर्किन लागेका हुन्।
यतिबेला राजनीतिक वृत्त तातेको छ। राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रकृया अघि बढ्न नसक्दा कांग्रेस एमाले गठबन्धन नै टुट्ने हो कि भन्ने आशंका बढेको छ। कांग्रेसका नेताहरु शेर बहादुर दाई आएपछि सत्ता समीकरणका विषयमा गम्भीर छलफल हुने बताईरहेका छन्। हिजै माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले थाईल्याण्ड जानुअघि देउवासँग फोनमा कुरा भएको र फर्के लगत्तै छलफलमा जुट्ने बताए पछि कतै कांग्रेस माओवादी गठबन्धन सरकार बन्न लागेको त होइन भन्ने आशंका चुलिएको छ।
गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ। गभर्नरका लागि कांग्रेसले सिफारिस गरेको भनिएका डा. गुणाकर भट्ट विरुद्धको रिटको पेशी आईतबार हुँदैछ। यो बीचमा प्रधानमन्त्री ओली र देउवाका बीचमा समझदारी कायम रहे गभर्नर नियुक्तिको प्रकृयाले गति लिनेछ।
देउवा काठमाण्डौ आए लगत्तै राजनीतिक छलफलमा व्यस्त रहने बताईएको छ।
















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया