सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि-इन्स्योरेन्ससहित ८ कम्पनीका संस्थापकको ‘प्रिमियम’ सेयर माथि छानबिन थाल्यो

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १७ गते
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि-इन्स्योरेन्ससहित ८ कम्पनीका संस्थापकको ‘प्रिमियम’ सेयर माथि छानबिन थाल्यो

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ८ कम्पनीका संस्थापक सेयरधनीसँग प्रिमियम भुक्तानीसम्बन्धी विस्तृत विवरण माग गरेको छ।

विभागले जारी गरेको सूचनाअनुसार हिमालयन रिइन्स्योरेन्ससहित ८ वटा माइक्रो इन्स्योरेन्स कम्पनीका संस्थापक सेयर खरिदकर्ताहरूलाई प्रिमियमबापत तिरेको रकमको विवरण पेश गर्न भनिएको हो। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीका संस्थापकलाई विवरण पेश गर्न भनिएको हो।

विभागले संस्थापक सेयर खरिदकर्ताहरूलाई चुक्तापुँजीबाहेक अतिरिक्त शुल्क (प्रिमियम) बापत कसलाई, कति रकम, कुन माध्यमबाट भुक्तानी गरिएको हो भन्ने सम्पूर्ण विवरण बुझाउन निर्देशन दिएको छ। विशेषगरी, रकम पठाइएको व्यक्ति वा संस्थाको नाम, बैंक खाता नम्बर, सम्बन्धित बैंक तथा वित्तीय संस्था र भुक्तानी गरिएको मिति लगायतका विवरण स्पष्ट रूपमा खुलाउन भनिएको छ।

सूचनामा उल्लेख गरिएअनुसार यस्तो विवरण सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र विभागमा बुझाउनुपर्नेछ। विभागले अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन सबै सम्बन्धित पक्षलाई समयमै विवरण पेश गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स