नयाँ बजेट निर्माणबारे अर्थ मन्त्रालय र गृह मन्त्रालयबीच छलफल भएको छ।
उक्त छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालयहरू र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी ल्याइने बताए।
उनका अनुसार तीन पक्षीय समन्वयबाट तयार गरिएको बजेटले अपनत्वको भावना वृद्धि गर्ने र कार्यान्वयनलाई सहज बनाउने छ। साथै, परामर्श र छलफलका आधारमा बजेट ल्याउँदा बुझाइमा एकरूपता आउने तथा देखिएका चुनौतीहरू समाधान गर्दै अघि बढ्न सकिने उनको धारणा छ।
अर्थमन्त्री पौडेलले नीति, कार्यक्रम र बजेटबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै, उपलब्ध साधनस्रोतको यथोचित व्यवस्थापनमा ध्यान दिन सम्बन्धित निकायहरूलाई आग्रह गरे।
छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायतका अधिकारीहरू सहभागी थिए।













![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया