यो सरकार जति टिक्छ, माओवादीलाई त्यति नै फाइदा हुन्छ: प्रचण्ड

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
यो सरकार जति टिक्छ, माओवादीलाई त्यति नै फाइदा हुन्छ: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन्। कैलालीको टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्। त्यसैले यो सरकार जति टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ। हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ।’

उनले दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताए। ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन’, उनले भने।

त्यस्तै, उनले पार्टीको लक्ष्य समाजका सबै वर्गसँग जोडिनु, जनताको समस्याहरूको पहिचान गर्नु, र स्थानीय कला संस्कृतिको माध्यमबाट समुदायको पहिचानलाई सुदृढ पार्दै राष्ट्रिय एकताको नयाँ आधार तयार पार्नु रहेको स्पष्ट पारे।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स