सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ आज पुस ४ गते शुक्रबार बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलक अनुसार आईपीओ बाँडफाँड बिहान ९:३० बजे हुनेछ।
कम्पनीले पहिलो चरणमा मङ्सिर २५ देखि २९ गतेसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। अब बाँडफाँड पश्चात १७ हजार २ सय जनाले १०-१० कित्ताका दरले आईपीओ हात पार्नेछन्।



















प्रतिकृया