प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने



संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने अपेक्षा गरिएको छ।

आजको बैठकमा विनियोजन विधेयक २०७८ का विभिन्न शीर्षकमाथि छलफल हुने छ। संसद् सचिवालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका विनियोजनमाथि विशेष छलफल हुनेछ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर