संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीले प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ संसद्मा पेस गर्ने सम्भावित कार्यसूची पनि तय गरिएको छ।
त्यसैगरी, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्।
बैठक संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे सुरू हुने छ।



















प्रतिकृया