प्रतिनिधिसभाको आज बिहीबारका लागि तय गरिएको बैठक पुनः सारिएको छ। संसद सचिवालयले दोस्रोपटक सूचना जारी गर्दै बैठक अब अपराह्न ४ बजे बस्ने जानकारी दिएको हो। यसअघि बिहान ११ बजेका लागि तोकिएको बैठक दलहरूबीच सहमति नजुटेपछि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर, विपक्षी दलहरूले अवरोध हटाउन अस्वीकार गरेपछि बैठक पुनः ४ बजेसम्मका लागि सारिएको हो।
आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको छ। तर, प्रतिपक्षी दलहरूको अवरोधका कारण निर्धारित कार्यसूची प्रभावित हुने देखिएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा (एकीकृत समाजवादी) लगातार संसद अवरुद्ध गरिरहेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको आरोप लगाउँदै ती दलहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया