प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि सारिएको छ। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न नसकेपछि, सवा ३ बजे सूचना टाँस गर्दै बैठक सारिएको थियो। तर, संसद सञ्चालन हुने वातावरण नबनेपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।
संसद अवरुद्ध हुनुको कारण भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता छ कि छैन भन्ने विषयमा छानबिन समिति गठन गर्नुपर्ने विपक्षीको माग हो। साथै, उक्त छानबिनमा निष्पक्षता कायम गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान विपक्षी दलहरूको रहेको छ।
यस विषयमा सहमति खोज्ने प्रयासस्वरूप सभामुख देवराज घिमिरेले बुधबार नै प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। तर, सत्ता र विपक्ष दुबै पक्ष आफ्ना अडानबाट पछि नहटेकाले सहमति जुट्न सकेन।
विपक्षी दलहरू गृहमन्त्री लेखकको राजीनामाको मागमा अडिग रहेका छन् भने सत्तापक्षले गृहमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि मात्र अन्य विषयमा छलफल अघि बढ्ने भन्दै वर्तमान अडान कायम राखेको छ।















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया