पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई आफूलाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन्। मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उनले बताएका छन्।
रिहाइपछि जारी वक्तव्यमा उनले आफ्नो समर्थनमा आवाज उठाउने न्यायप्रेमी सर्वसाधारण, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल, नेताहरू तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्दै प्रहरी नियन्त्रणका क्रममा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालप्रति कृतज्ञता प्रकट गरेका छन्।
ओलीले आफ्नो रिहाइको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने उल्लेख गरेका छन् अन्यथा पार्टीले जिम्मा लिने बताएका छन्। स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै उनले शुभेच्छा व्यक्त गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।


















प्रतिकृया