विकाश हाइड्रोपावर लिमिटेडले आज (असार १८ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएको आईपीओ बाँडफाँट गरिसकेको छ।
अब कम्पनीले कुल २९,४२,७६० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्तासम्म आवेदन दिन सकिन्छ। आवेदन छिटोमा असार २२ गते र ढिलोमा असार ३२ गतेसम्म दिन सकिनेछ।
कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग BBB-’ दिएको छ, जसले औषत जोखिम संकेत गर्छ। विकाश हाइड्रोपावरले निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ११ करोड रुपैयाँ रहेको छ।
आयोजना सञ्चालनको अनुमति ३० वर्ष ९ महिना बाँकी छ, र लगानी फिर्ता हुने अवधि ७ वर्ष ३ महिना (साधारण) तथा १० वर्ष ९ महिना (डिस्काउण्टमा) रहेको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो, र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ।














प्रतिकृया