लाभांश पारित गर्न दुई कम्पनीको साधारण सभा आज बस्दै, कुनले कति दिँदैछ लाभांश ?

लाभांश पारित गर्न दुई कम्पनीको साधारण सभा आज बस्दै, कुनले कति दिँदैछ लाभांश ?
AdvertisementAds

लाभांश पारित गर्न दुई कम्पनीको वार्षिक साधारण सभा आज पुस ४ गते बस्ने भएको छ। आशा लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चरको वार्षिक साधारण सभा बस्ने भएको हो।

आशा लघुवित्तले आफ्नो ९औँ वार्षिक साधारण सभा धुलिखेलस्थित अरनिको होटलमा अपराह्न २ बजे बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांशसहित कुल १० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ।

कम्पनीले विशेष प्रस्तावअन्तर्गत मर्जर तथा एक्विजिसनसम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि ल्याएको छ। यसअन्तर्गत सम्भावित गाभ्ने/गाभिने प्रक्रियाका लागि ड्यु डिलिजेन्स अडिट गराउन मूल्याङ्कनकर्ता नियुक्त गर्ने, समझदारीपत्र तयार गर्ने तथा आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन समिति सक्षम बनाइनेछ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २२ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, मंसिर २१ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले आफ्नो १३औँ वार्षिक साधारण सभा काठमाडौँको आम्रपाली ब्यान्क्वेटमा बिहान ९ बजे बोलाएको छ।सभाले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले लाभांश पारित गर्नुका साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित हुनेछ।

AdvertisementAds

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, मंसिर १० गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स