SHAREHUBSHAREHUB

परराष्ट्रले भन्यो, “आकर्षक तलबको लोभ देखाई नेपालीलाई विदेशमा पठाएर अवैध कार्यमा लगाउने गिरोहहरू बढेकाले सतर्क रहनु”

AdvertisementAds
परराष्ट्रले भन्यो, “आकर्षक तलबको लोभ देखाई नेपालीलाई विदेशमा पठाएर अवैध कार्यमा लगाउने गिरोहहरू बढेकाले सतर्क रहनु”
AdvertisementAds

सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गर्दै तीनबुँदे ट्राभल एड्भाइजरी जारी गरेको छ।

परराष्ट्र मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचनामा आकर्षक तलब र सुविधा दिने बहानामा नेपाल र विदेशमा रहेका नेपालीलाई मानव बेचबिखन तथा अवैध कार्यमा संलग्न गराउने गिरोहहरूको सक्रियता रहेको जनाइएको छ। यस्ता गिरोहले नेपालीलाई थाइल्याण्डको बैंकक वा याहुन हुँदै म्यान्माको कायिन प्रान्तमा लगी जबर्जस्ती अवैध कार्यमा लगाउने गरेको पाइएको छ। कम्बोडिया, लाओस र म्यान्मामा समेत यस्तै गतिविधि भइरहेको सूचनाको आधारमा मन्त्रालयले पुनः सतर्कता अपनाउन आग्रह गरेको हो।

मन्त्रालयले राहदानी खोस्ने, १२/१३ घण्टा काम लगाउने, तलब नदिने, चरम यातना दिने जस्ता शोषणका घटनाहरू उजागर भएका कारण उद्धारका लागि याहुन र बैंककस्थित नेपाली राजदूतावासमा सहयोग माग्न आउने पीडितहरूको सङ्ख्या बढ्दै गएको जनाएको छ।

विशेषगरी भिजिट भिसामा वैदेशिक रोजगारीमा जान नहुने र रोजगारीको प्रस्ताव स्वीकार गर्नु अघि विदेशी कम्पनी र रोजगारदाताको विस्तृत जानकारी सम्बन्धित नेपाली नियोगमार्फत लिन आग्रह गरिएको छ। साथै, सामाजिक सञ्जालमा देखाइने रोजगारीका नक्कली प्रस्तावहरूको प्रलोभनमा नपर्न मन्त्रालयले सचेत गराएको छ।

विदेशमा लगेर अलपत्र पार्ने वा कानुनले निषेध गरेका कार्यमा संलग्न गराउने कार्यलाई नेपाल सरकारले दण्डनीय ठहर गरेको छ। यस्ता गैरकानुनी गतिविधिमा संलग्न जोकोहीलाई कारबाही गरिने चेतावनी दिँदै मन्त्रालयले नेपाली नागरिकलाई सचेत रहन र यस्ता प्रलोभनहरूबाट टाढा रहन अपिल गरेको छ।

AdvertisementAds

The foreign ministry said, “Gangs have increased to lure Nepalis into illegal activities by offering attractive salaries. Be careful.”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स