insta insta

सामन्तको छोरी सत्ताको काखमा सुरक्षित छे, गरिबको छोरी खुला आकाशमुनि रात काट्दै छे: महेश बस्नेत

सामन्तको छोरी सत्ताको काखमा सुरक्षित छे, गरिबको छोरी खुला आकाशमुनि रात काट्दै छे: महेश बस्नेत
Advertisement Ads

एमालेका नेता महेश बस्नेतले सुकुमवासी बस्ती हटाउने कार्यप्रति कडा प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जालमार्फत् उनले गरिब र शक्तिशालीबीचको असमानता औंल्याउँदै सरकारको कदमप्रति आलोचना गरेका हुन्।

उनले “सामन्तको छोरी सुरक्षित रहँदा गरिबको छोरी खुला आकाशमुनि रात बिताउन बाध्य भएको” उल्लेख गर्दै बस्ती हटाउने कार्यलाई गरिबविरुद्धको कदम भनेका छन्। ‘गरिबी हटाउने’ नारा दिए पनि व्यवहारमा गरिब र सुकुमवासी नै हटाइएको उनको आरोप छ।

बस्नेतले डोजर प्रयोग गरेर बस्ती भत्काउँदा गरिबको भविष्य नै जोखिममा परेको बताएका छन्। उनले सत्तापक्ष मौन बसेको भन्दै पीडितको पक्षमा बोलिदिने कोही नभएको उल्लेख गरेका छन्।

Screenshot 26 4 2026 141342 www.facebook.com https://bajarkochirfar.com/the-feudal-lords-daughter-is-safe-in-the-arms-of-power-the-poors-daughter-is-spending-the-night-under-the-open-sky-mahesh-basnet | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स