insta insta

वैदेशिक रोजगारका क्रममा ठगीनेलाई विभागले निःशुल्क कानुनी सहयोग गर्ने

वैदेशिक रोजगारका क्रममा ठगीनेलाई विभागले निःशुल्क कानुनी सहयोग गर्ने
Advertisement Ads

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी ठगीका उजुरीमा निःशुल्क कानुनी सहायता तथा सहजीकरण प्रदान गर्न कानुनी सहायता अधिकृतको व्यवस्था गरेको छ।

देशभरका जिल्ला प्रशासन कार्यालयबाट सिफारिस हुने यस्ता उजुरीहरूका लागि ‘फोकल पर्सन’ तोकिएको विभागले सूचनामार्फत जानकारी गराएको छ। विभागका अनुसार गत साउन १ गतेदेखि नै यो सेवा सञ्चालनमा आए पनि अझ प्रभावकारी बनाउन प्रदेशगत रूपमा सहायता अधिकृतहरू तोकिएको हो।

हाल विभागले तीन जना सहायता अधिकृतलाई विभिन्न प्रदेशको जिम्मेवारी दिएको छ। रोजी तुल्सिबाख्योले कोशी र बागमती प्रदेशका उजुरी समन्वय गर्नेछिन्, निशा सुवालले लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका उजुरी हेर्नेछिन् भने अस्मिता पुरीले मधेस र गण्डकी प्रदेशका उजुरी समन्वय गर्नेछिन्।

सहायता अधिकृतहरूको सम्पर्क नम्बर विभागको वेबसाइटमा उपलब्ध गराइएको छ। विभागका अनुसार प्रत्येक दिन एक जनाले १० देखि १५ वटा उजुरीमाथि समन्वय गर्दै आएका छन्। फोकल पर्सनको करार अवधि ६ महिनाको रहेको छ, जसलाई आवश्यकतानुसार थप गरिनेछ।

deeac1d8cb8766805c7856e053adbfcc1739521534 https://bajarkochirfar.com/the-department-will-provide-free-legal-assistance-to-those-who-commit-fraud-during-foreign-employment | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स