हिमालयन हाइड्रोपावर लिमिटेडले विद्युत् नियमन आयोगबाट हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ। आयोगले माघ २१ गते पत्रमार्फत कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको जानकारी गराएको हो।
हाल हिमालयन हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। पूर्वस्वीकृतिसँगै कम्पनीले आफ्ना सेयरधनीहरूलाई सोही बराबरको रकम, अर्थात् १ अर्ब ९ करोड ५० लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाउनेछ।
हकप्रद सेयर बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १९ करोड रुपैयाँ पुग्नेछ।


प्रतिकृया