मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीको म्याद थप गरेको छ। कम्पनीले जेठ ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको १ लाख ५६ हजार २८३ कित्ता संस्थापक सेयरको आवेदन अवधि अब जेठ १८ गतेसम्म कायम गरिएको छ।
यसअघि जेठ १४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। तर सो अवधिमा लगातार चार दिन सार्वजनिक बिदा परेकाले समयसीमा थप गरिएको कम्पनीले जनाएको छ।
प्रतिकित्ता रु. १३५ तोकिएको उक्त सेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सबै कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
सेयर बिक्री तथा प्रबन्धनको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।













प्रतिकृया