फिल्म ‘कार्साङ’को कलाकार टिम भोली हलहलमा जाने



Advertisement
Ads

चलचित्र ‘कार्साङ’ को टिम भोली (माघ २) गते पूर्वका विभिन्न हलहरूमा पुग्ने भएका छन् ।


Advertisement

फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको भन्दै नायिका सिर्जना निङ्लेकु आफ्नो डेब्यु फिल्मबाट उत्साहित देखिएकी छिन्। उनले खुशी व्यक्त गर्दै भनिन्, “यो मेरो पहिलो फिल्म हो र दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाउँदा निकै खुशी छु।”


Advertisement

‘कार्साङ’ अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको फिल्म हो। निर्देशक याम शेर्पाले सिन्धुपाल्चोकको शेर्पा समुदायमा आधारित झाँक्री लोप्साङको संघर्षपूर्ण जीवनको कथा प्रस्तुत गरेका छन्। फिल्मले आर्थिक विपन्नता र सामाजिक असमानताजस्ता चुनौतीहरूको सामना गर्दै पात्रको स्वाभिमानका लागि गरेको संघर्षलाई देखाउँछ।

चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेकु, र दीया मास्के रहेका छन्। फिल्मको रनटाइम १२६ मिनेट रहेको छ भने यसलाई युनिभर्सल सर्टिफिकेट दिइएको छ। ग्रामीण परिवेशमा आधारित यो पारिवारिक कथावस्तुमा झाँक्री परम्परा, समाजको आर्थिक गतिविधि, र सांस्कृतिक पक्षलाई उजागर गरिएको छ।

दर्शकहरूले फिल्ममा दयाहाङ र जितु नेपालको उत्कृष्ट अभिनयको प्रशंसा गरेका छन्। साथसाथै, शेर्पा समुदायको सांस्कृतिक पक्षलाई नजिकबाट बुझ्न पाउँदा फिल्मलाई थप अर्थपूर्ण अनुभव गरेका छन्।

फिल्मको ट्रेलरले पात्रको अभाव, समाजको परम्परा, परिवारभित्रको विचलन, र मुख्य पात्रको संघर्षलाई दर्शाएको छ। निर्देशक याम शेर्पाले भने, “हामीले दर्शकको माया र अपेक्षा पूरा हुनेगरी फिल्म निर्माण गरेका छौँ।”

‘कार्साङ’ यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुति हो। निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्माता आङछिरिङ शेर्पा रहेका छन्।

फिल्ममा सिर्जना निङ्लेकु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, र सुरवीर पण्डितको समेत अभिनय रहेको छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर