बन्दीपुर केवलकार एण्ड टुरिजमले भदौ ११ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिक सेयर निष्काशन गरिसकेको थियो।
कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँको जारी पुँजीमध्ये २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको हो। यसमध्ये ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित स्थानीयलाई र ५ लाख २९ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ।
अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर बिक्री खुला गरिएको छ। यसमा आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ।
आवेदन अवधि भदौ १५ गतेसम्म रहनेछ। सो अवधिभित्र पूर्ण रूपमा बिक्री नभएमा आवेदन अवधि भदौ २५ गतेसम्म लम्बिनेछ।
यस आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।














प्रतिकृया