आईपीओ जारी गर्ने तयारीमा रहेको लुप नेटवर्कस लिमिटेडको इन्टरनेट र नेटवर्क सेवा प्रदायक अनुमतिपत्र नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ। २०७८ चैतमा कम्पनीले १०० अंकित दरमा ४ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्नका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडसँग सहकार्य गरेको थियो।
प्राधिकरणका अनुसार, कम्पनीको अनुमति पत्र दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम २०८१ कात्तिक ३० देखि लागू हुने गरी खारेज गरिएको हो। एक वर्षअघिकै मितिमा खारेज भएपनि प्राधिकरणले सार्वजनिक सूचना २०८२ मंसिर २ गते मात्र प्रकाशित गरेको छ। यसअघि कम्पनीले काम गर्न नसकेको भन्दै अनुमति पत्र खारेजको निवेदन दिएको थियो। प्राधिकरणले कम्पनीलाई नियमानुसार तिर्नुपर्ने रकम सम्बन्धमा ३० दिनभित्र सम्पर्क नगरे कानूनी प्रक्रिया अगाडि बढाइने जनाएको छ।











![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)




![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया