स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) को २६औँ वार्षिकोत्सव सम्पन्न भएको छ। कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादनपछि मात्र आइपीओ निष्कासन गर्नुपर्ने प्रावधानले स्थानीय तथा सर्वसाधारण लगानीकर्ता प्रत्यक्ष मारमा परेको बताएका छन्।
उनका अनुसार देशभर ९०० भन्दा बढी जलविद्युत आयोजनाले लाइसेन्स लिएका छन् भने ११ हजार ६ सय मेगावाट क्षमताका आयोजना विभिन्न चरणमा छन्। हालसम्म करिब १६ हजार मेगावाट बराबरको पीपीए भइसकेको छ भने ४ हजार मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिइसकेको छ।
जलविद्युत क्षेत्रमा करिब १ करोड १३ लाख नेपालीको लगानी रहेको र १३ खर्ब १० अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको कार्कीले जानकारी दिए।कार्कीका अनुसार हाल करिब ३५ वटा जलविद्युत आयोजना आइपीओ स्वीकृतिको पर्खाइमा छन्। उत्पादनपछि मात्र आइपीओ ल्याउन पाउने व्यवस्थाले स्थानीय तथा सर्वसाधारण लगानीकर्ताले समयमै लगानी गर्न नपाउँदा प्रभावित भएको बताएका छन।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया