शेखर गोल्छाको लगानी रहेको नेपाली फिल्म ‘परान’को आक्रामक व्यापार, कमाई कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ८ गते
शेखर गोल्छाको लगानी रहेको नेपाली फिल्म ‘परान’को आक्रामक व्यापार, कमाई कति पुग्यो ?

नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले पहिलो दिन ६ लाख रुपैयाँको ओपनिङ गरेको थियो। तर, २३ दिनमा यसले १४ करोड १६ लाख ५१ हजार ग्रस कलेक्सन गरी यसवर्षको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्न सफल भएको छ।

चलचित्र विकास बोर्डले मंसीर ६ गते रातिसम्मको तथ्यांक सार्वजनिक गरेको अनुसार, ‘परान’ ले अनमोल केसी अभिनीत ‘जेरी अन टप’ को १२ करोड ९७ लाख ४८ हजारको रेकर्ड तोडेको छ।

दीपक प्रसाद आचार्य (काकु) निर्देशित फिल्ममा नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय छ।

फिल्मको लगानी गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स